कम्प्युटर एसोसिएसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ पनि यस वर्षदेखि छात्रवृति प्रदान गर्ने ।

गैँडाकोट, १६ असार ।
सुचना तथा संचार क्षेत्रमा कार्य गर्दै आईरहेको, कम्प्युटर एसोसिएसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ पनि यस वर्ष देखि छात्रवृति प्रदान गर्ने भएको छ । राष्ट्रभित्र सुचना प्रविधिको अध्ययन अध्यापन गराउने कलेजहरुको सहयोगमा गरीब, जेहेन्दार विधार्थीहरुका लागि छात्रवृति प्रदान गर्न लागिएको हो । नवलपुर क्षेत्रका विधार्थीलाई छात्रवृतिमा समेट्न सहज बनाउने उद्धेश्यले, कावासोतीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो ।
छात्रवृतिबारे यस क्षेत्रमा जानकारी गराउन यस्तै क्यानको केन्द्रिय कार्यक्रममा यहाँका विधार्थी समेट्न भन्दै, शनिबार पुर्वी नवलपरासीको कावासोतीमा भएको पत्रकार सम्मेलनमा क्यान नवलपुरका अध्यक्ष केशवराज भट्टराईले जानकारी दिनुभयो । क्यान नवलपुरले यसक्षेत्रमा सुचना प्रविधि क्षेत्रको विकासका लागी लागिपर्दै आएको क्यान नवलपुर शाखाका सचिव पुर्ण प्रसाद खराल (राजन) ले जानकारी दिनुभएको छ । क्यानका देशभरका शाखा मध्ये नवलपुर शाखाले, कान्छो शाखाको रुपमा बैधानिकता पाएको छ ।
काठमाणौंको मैतीदविमा रहेको सुचना प्रविधि विषयमा अध्यापन गराउने कलेज, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन संगको सहकार्यमा देशभरबाट ४९ जना विधार्थीहरुलाई यस वर्ष छात्रवृति प्रदान गर्न लागिएको हो । क्यान नेशनल आइसिटि स्कलरसिप २०७५ नाम दिईएको छात्रवृतिमा देशका सात प्रदेशबाट समान अवसर पाउने गरि १ छात्रा सहित ६ जनालाई आशिंक छात्रवृति प्रदान गरिने छ । गा्रामिण क्षेत्रमा समेत सुचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पुर्याउनमा यस कार्यले टेवा पुग्ने विश्वास गरिएको छ ।
सो अन्र्तगत फिमेल मेरिट आईसीटी स्कलरसिप प्रत्येक प्रदेशबाट ४ जनाका दरले २८ जना छात्रालाई प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई प्रदान गरिनेछ । सो अनुसार कुल ४९ जना विधार्थीले १ करोड ८३ लाख ३६ हजार ५ सय रुपँया बराबरको छात्रवृत्ति प्राप्त गर्नेछन् ।
छात्रवृत्ति प्राप्त गर्ने विधार्थीहरले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटी अफ टेक्नोलोजी एण्ड ईनोभेसनको एफिलेसनमा संचालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्र्तगत बिएससी आईटीको अध्ययन गर्न पाउने छन् । जसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु अर्थात सो सरह अध्ययन गरेको र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभिटि बाट कम्प्युटर ईञ्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृतिका लागी आवेदन दिन पाउनेछन् ।
छात्रबृत्तिका लागि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने क्यान नवलपुर अध्यक्ष भट्टराईले बताउनुभयो ।
छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासंघले जिल्ला, प्रदेश र केन्द्रिय स्तरको छात्रबृत्ति छनौट समिति समेत गठन गर्दैछ । छनौट समितिले कक्षा १० र कक्षा १२ को प्राप्तांक, स्थायी बसोबास, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारिसका आधारमा छनौट गर्ने छ ।
छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट धधध।अबल।यचन।लउ र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटबाट २०१८ जुलाई २५ तारिकभित्र आवेदन दिनुपर्नेछ ।
आवेदनदिँदा एउटा फोटो, नागरिकता या जन्मदर्ता प्रमाणपत्र, कक्षा १० र १२ को मार्क्सिटको प्रतिलिपि, कक्षा १२ को प्रवेशपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्ने, क्यान महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रिया