करिब ३ महिना पछि नवलपरासीका शैक्षिक संस्थाहरु खुले

पुरुषोत्तम सुबेदी,नवलपरासी , १६ मङ्सिर । नवलपरासीमा मधेशी मोर्चाको अबरोधका कारण लामो समयदेखी बन्द रहेको रहेका शैक्षिक संस्थाहरु खुलेका छन् । मधेशी मार्चाले बिद्यालय क्याम्पस सहित शैक्षिक संस्थाहरु खेल्न दिने जनाएपछि शैक्षिक संस्थाहरु खुलेका हुन् । तराईमा चार महिन देखी जारी आन्दोलनको क्रमममा करिब ३ महिना सम्म शैक्षिक स्ंस्थाहरु पनि बन्द रह्यो । बिशेष गरी बन्दको प्रभाब राजमार्ग दक्षिणी क्षेत्रमा परेका कारण सदरमुकाम परासी सहित दक्षिणी क्षेत्रमा रहेका करिब १ सय बढी शैक्षिक संस्था संचालनमा आउन सकेका थिएनन् । मोर्चाले शैक्षिक संस्थाहरु खोल्न दिएसंगै बन्द रहेका शैक्षिक संस्थाहरु संचालनमा आएका छन् । मोर्चाले शैक्षिक संस्थाहरु साथै सोका सवारी साधन समेत संचालनमा आउन दिएका हुन् । तराईमा जारी मधेशी मोर्चाको करिब ३ महिना देखीको आन्दोलनमा करिब ३ महिना सम्म शैक्षिक संस्थाहरुमा समेत संचालन हुन सकेको थिएन् । जसका कारण यस शैक्षिक शत्रमा शैक्षिक प्रगती प्रभाबीत हुने अवस्था देखिएको छ ।
तपाइँको प्रतिक्रिया