कसको चुनाव चिन्ह के रह्यो त?

चैत्र-२७, सर्वोच्च अदालतको आदेशसँगै प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टीलाई पनि निर्वाचन आयोगले पुरानै चुनाव चिन्ह दिएको छ। योसँगै स्थानीय निर्वाचनमा पुरानो चुनावचिन्ह पाउने दलको संख्या २७ भएको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी ऐनको आधारमा संसदमा रहेका २७ दललाई पुरानै चुनाव चिन्ह दिएको हो। सिंहको चुनावचिन्ह’अर्धचन्द्र’ मतपत्रमा २७औं नम्बरमा परेको छ। यसअघि निर्वाचन आयोगले आयव्यय विवरण नबुझाएको भन्दै सिंहको दल खारेज गरी २६ दललाई मात्रै निर्वाचन चिन्ह प्रदान गरेको थियो। सर्वोच्च अदालतले सिंहले आयव्यय विवरण बुझाउने ‘अपेक्षा’गर्दै आयोगको निर्णय खारेज गरेपछि सिंहको दलले चुनावमा भाग लिन पाएको हो। निर्वाचन आयोगले संविधान सभा निर्वाचनमा ल्याएको मतका आधारमा दलहरूको चुनाव चिन्हको क्रम मिलाएको हो। मतपत्रको पहिलो नम्बरमा नेपाली कांग्रेसको रूख छ भने अन्तिममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरूहट)को गाग्री छ। दुई नम्बर एमालेको सुर्य, तेस्रो नम्बरमा माओवादी केन्द्रको गोलाकारभित्र हसिँया हथौडा छ।
तपाइँको प्रतिक्रिया