काँग्रेसको पछिल्लो गतिविधि जनताको हित विपरित : एमाले वरिष्ठ नेता नेपाल

सन्तकुमार चौधरी
भाद्र १६, चितवन
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले काँग्रेसको पछिल्लो गतिविधिले काँग्रेसपार्टीलाई नै विस्थापित गर्ने वाटोमा गइरहेको बताउनुभएको छ । चितवनको भरतपुरमा शुक्रवार प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले नेता नेपालले काँग्रेस काँग्रेसको पछिल्लो कुनैपनि गतिविधिहरु प्रशंसा गर्ने लायक नभएको आरोप लगाउनुभयो । भ्रष्टचारी, बलत्कारीलाई समेत चुनाव लड्न दिनुपर्छ भनेर वकाल गर्ने काँग्रेस सभापति शेरवहादुर देउवाको कारणले नै काँग्रस पार्टी प्रजापरिषदको अवस्थामा पुग्दै गएको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले प्रधानमन्त्री शेरवहादुर देउवाले भारत भ्रमणको क्रममा राष्ट्रको मर्यादमा आँच पु¥याउने काम गरेको पिप्पणी गर्नुभयो । नेपालको आन्तरिक योजनाहरु फेलिविस्तारमा सुनाउने, आन्तरिक मामिलामा त्यहाँका निर्देशन पालना गर्छु भन्ने काम गरेर प्रधानमन्त्री देउवाले राष्ट्रको मर्यादामा आँच पु¥याएको दावी गर्नुभयो ।
अर्को प्रशङ्गमा नेता नेपालले आफ्नो उत्तरकोरिया भ्रमणको विषयमा भइरहेको टिप्पणीलाई संक्रिण चिन्तन र आफुमाथीको आत्म विश्वास अभाव भएको प्रतिकृया दिनुभयो । नेता नेपालले उत्तरकोरिया सँग नेपालको कुटनीतिक सम्बन्ध कायम भएको र नेपाल सरकारले त्यो देशको भ्रमण गर्नै नहुने कतैपनि निर्णय नगरेको हुँदा मेरो पछिल्लो भ्रमणलाई आकास नै खसेको सरह हेर्न नहुने बताउनुभयो ।
नेपाल दूरसञ्चार कर्मचारी संघको आठौं राष्ट्रिय परिषदको बैठकको उद्घाटन समारोहमा सहभागी हुन आज विहान चितवन पुग्नुभएका पूर्व प्रधानमन्त्री नेपाल, चितवन पुगे गलतै किा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।
तपाइँको प्रतिक्रिया