काँग्रेसको मुख्य आवश्यकता पार्टी एक ढिक्का बनाउने : महामन्त्री डा. कोईराला
राजन खरेल,
गैँडाकोट, ४ असार ।
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले पार्टी एक ढिक्का बनाउनु नै अहिलेको मूख्य आवश्यक्ता भएकोमा जोड दिए । नेपाल दलित संघ चितवनद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो जोड दिएका हुन् ।
काँग्रेस बलियो नबनिकन समृद्धि संभव नरहेको तथ्यलाई बुझ्न आग्रह गर्दै महामन्त्री डा। कोईरालाले पार्टी एकढिक्का बनाउने अभियानमा जुट्न अपिल गरे।
काँग्रेस एकढिक्का र बलियो भएको अवस्थामा मुलुकमा पटक–पटक समृद्धि आईसकेको उनको दावी थियो ।
तपाइँको प्रतिक्रिया