काँग्रेस नवलपुर क्षेत्र १ (क) मा ५९१ मत खस्यो

गैँडाकोट,४ मंसिर ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुर प्रदेश सभा क्षेत्र नं १ क क्षेत्रिय कार्यसमितिको चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । शनिबार भएको मतदानमा कुल ५९१ जनाले मतदान गरेका छन् । निर्वाचन समितिका अनुसार कुल ५९९ मतदाता रहेकोमा ५९१ मत खसेको छ । मुकुन्दसेन कलेज मकुन्दपुरमा मतगणना सुरु हुनेछ ।
डां शंसाक कोईराला प्यानल निकट भनेर चिनिएका तारापती खरेल र महेन्द्रध्वज जिशी प्यानल निकट भनेर चिनिएका गोपाल सापकोटा विच सभापतिमा प्रतिष्पर्धा देखिएको छ ।
तपाइँको प्रतिक्रिया