काँग्रेस नेता गिरिलाई भेन्टिलेटरबाट निकालियो, स्वास्थ्यमा आएन सुधार

काठमाडौँ, भदौ ४
नेपाली कांग्रेसका नेता नेता प्रदिप गिरिको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालिएको छ ।
स्वास्थ्यमा कुनै सुधार नभएपछि नेता गिरिलाई कम कष्ट होस् भनेर भेन्टिलेटरबाट निकालिएको पारिवारिक स्रोतले जनाएको छ ।
गिरिको मेडिसिटि अस्पतालमा तीन हप्तादेखि उपचार भइरहेको छ ।
अस्पताल स्रोतका अनुसार बिहीबारदेखि उनलाई भेन्टिलेटरमा राखिए पनि स्वास्थ्यमा कुनै सुधार नभएपछि परिवारले अस्पतालसँग भेन्टिलेटरबाट निकाल्न आग्रह गरेको हो ।
बिहीबारदेखि उनको स्वास्थ्य अवस्था अत्यन्तै क्रिटिकल बन्दै गएको अस्पतालले जनाएको छ । भारतको मुम्बईस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरि लगत्तै मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । पछिल्लो समय उनलाई निमोनियाले सताएको थियो ।
तपाइँको प्रतिक्रिया