काँग्रेस सांसद शाह सवार गाडी नवलपरासीको दुम्कीबासमा दुर्घटना, अवस्था सामान्य

नवलपरासी, ७ जेठ ।
प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सामान्य घाइते हुनु भएको छ । आज बिहान बिहान १० बजेको समयमा शाह सवार कार नवलपरासी पूर्व नवलपुरको विनयीत्रिवेणी–१ दुम्कीबासमा दुर्घटना भएको थियो । इलाका प्रहरी कार्यालय दुम्कीबास नजिकैगाडी बा १५ च ७५२३ नम्बरको कार दुर्घटना भएको हो ।
कारमा ३ जना सवार रहेको र शाहसहित तिनै जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिनु भयो । नयाँ सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गरेपछि सृजित राजनीतिक अवस्थाको कारण उहाँ गृह जिल्लाबाट काठमाडौं जादै हुनुहन्थ्यो । शाह आजै विनयी त्रिवेणी गाउँपालिकाको सवारीमा काठमाडौं जाने तयारी गर्नु भएको छ ।
तपाइँको प्रतिक्रिया