कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको शोकमा सिरहाको लहानमा बिदा आज बिदा

काठमाडौं, ५ भदौ
सिरहाको लहानमा बिदा आज बिदा दिइएको छ ।
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधन भएको शोकमा लहानमा बिदा आज बिदा दिइएको हो ।
नगरपालिका क्षेत्रभित्र शोक बिदा दिइएको मेयर महेशप्रसाद चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाभित्रका क्याम्पस, शैक्षिक प्रतिष्ठानहरू र उद्योग वाणिज्य संघ पनि आज नखुल्ने उहाँले जानकारी दिनुभयो ।
लहान गिरिको गृहनगर हो । उनले आफूलाई भेट्न आउनेहरूसँग आफ्नो अन्त्येष्टि जिल्लाकै बस्तीपुरमा गरिदिन आग्रहसमेत गरेका थिए ।
तर, नेपाली कांग्रेसले पशुपतिमै उनको अन्तिम संस्कार गर्ने निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रिया