कांग्रेसको सामाजिक संजालमा रोइलो

नवलपुर २६ श्रावण
चोरमारा । नेपाली कांग्रेसका कार्यवाहक सभापति चन्द्र बहादुर रानाले पूर्व महाधिवेशन प्रतिनिधि श्रीधर शर्माप्रति गरिएको आक्षेपको भर्त्सना गर्नुभएको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै कार्यवाहक समापति रानाले जिम्मेवार व्यक्तिहरुबाटै सामाजिक संजालमा नकारात्मक चित्रण गरिनु गलत भएको भन्दै त्यसो नगर्न आग्रह गर्नुभएको छ । मध्यविन्दु नगरपालिका २ निवासी श्रीधर शर्माको चरित्र हत्या गर्ने र अपशब्दले गाली गलौच सहितको फेसबुक पोष्ट भएकोमा रानाले खेद प्रकट गर्नुभएको हो । भट्टराईको नेपाली कांग्रेसमा ठूलो योगदान रहेको बताउँदै बिना आधार, बिना प्रमाण , झूठो आरोप , अशिष्ट शब्द , वाक्यांशप्रति नेपाली कांग्रेस नवलपुरले खेद प्रकट गर्दै यस्ता आरोप नलगाउन विज्ञप्ति मापÞर्mत आग्रह गरिएको छ । केहि दिन अघि मात्र श्रीधर शर्माको नामै तोकेर जाली र भ्रामक व्यक्ति भनेर सामाजिक संजालमा तर्क वितर्क सहितको पोष्ट बाहिरिएको थियो ।
तपाइँको प्रतिक्रिया