कांग्रेसलाई ८० र आफुलाई ६० सिटको वरिपरि राखेर अरू दलले बाँकी सिटमा भागबण्डा गर्ने गरि सहमती हुने संम्भावना बढ्यो : प्रचण्ड

धनगढी, भदौ २१
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा सीट बाँडफाँट टुंगिने चरणमा पुगेको बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशमा पार्टीको प्रशिक्षणमा मंगलबार धनगढी पुगेका प्रचण्डले कांग्रेसले ८० सिटको वरिपरि लिएर अरू दलले पनि बाँकी सिटमा भागबण्डा गर्ने बताउनुभयो ।
सीट दाबीबारे पत्रकारको प्रश्नमा प्रचण्डले नेपाली कांग्रेस ८० सीटमा मान्ने सम्भावना बढेको बताउनुभयो ।
‘सय सिट दाबी गरेको कांग्रेस ८० वरिपरि मान्लाजस्तो छ र हामीले पनि ६० सिट दाबी गरेका हौं ।
त्यसैको वरिपरि सहमति गर्नेतर्फ उन्मुख छ उहाँले भन्नुभयो । एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ मागिरहेको पनि बताउनुभयो ।
सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने पनि उहाँले बताउनुभयो ।
आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र नम्बर ३ बाटै उठ्ने उहाँले बताउनुभयो ।
निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलकुलाई नयाँ गतिमा अघि बढाउने उहाँले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया