कांग्रेसले केसीको हत्या गरि लाशमाथि राजनीति गर्न खोज्दैछ : अध्यक्ष प्रचण्ड

काठमाडौं, ७ साउन ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. केसीलाई देखाएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निकृष्ट राजनीति गरेको आरोप लगाएका छन्। उनले डा. गोविन्द केसीले यस अघि कांग्रेस नेतृत्व सरकार हुदाँ सबै भन्दा धेरै पटक अनसन बसेको बेला भन्दै प्रचण्डले त्यातीबेला किन केसीको माग पुरा गर्न सकिएन भनी प्रतिप्रश्न गरे । त्यसैले उनले कांग्रेस केसीको मृत्यु चाहिरहेको र लास माथि राजनिति गर्न चाहिरहेको आरोप लगाए ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४० स्मृतिसभामा बोल्दै प्रचण्डले भने, डा. गोविन्द केसी पहिलोपल्ट अनशन बसेका होइनन्। लोकतान्त्रिक भन्ने सरकारमा सबैभन्दा धेरै पटक बसेका हुन्। उहाँले के हेरेर बसेका थिए। डा। केसीको काम अनशन बस्नु भएको छ र यसलाई जनताले पचाइसकेका छन्।ु उनले डा। केसी अनशन बस्नु सामान्य कुरा भइसके बताए। उनले केसीसँग पहिले पनि सरकारले सहमति गरेको र उनी फेरि पनि अनशन बसेको बताए। चिकित्सा शिक्षामा सुधारको माग गर्दै डा। केसी जुम्ला र काठमाडौंमा गरी २४ दिनयता अनशनमा छन्। उनले हाल स्वास्थ्य उपचार लिन मानेका छैनन्। उनको समर्थनमा प्रदर्शन भइरहेका छन्। यसैबेला नेकपाका नेताहरूले भने केसीविरुद्ध प्रतिक्रिया दिइरहेका छन्। केसीको जीवनरक्षा गर्नु सरकारको दायित्व भएकाले नेकपाको सचिवालयले निर्णय गरेर काठमाडौं ल्याएको पनि प्रचण्डले खुलासा गरेका थिए। उनले भने, जुम्लामा सिसियु नभएपछि सचिवालय बैठक बसेर ल्याउने निर्णय भएको हो। उहाँको जीवनरक्षा गर्ने दायित्वबाट चुक्नु हुँदैन भन्ने निर्णय गर्यौँ। त्यसपछि हेलिकोप्टर, सेना, पुलिस र वार्ता टोलीका सदस्य पठायौँ।, प्रचण्डले डा केसीको मागलाई अनावश्यक रुपमा उग्र बनाएको भन्दै नेपाली कांग्रेसप्रति रोश प्रकट गरे। उनले कांग्रेस केसीको मृत्यु चाहिरहेको बताए। उनले भने, अहिलेको लोकतान्त्रिक भन्ने दल उहाँको हत्या गर्न चाहान्छ र लाशमाथि राजनीति गर्न चाहन्छ।, प्रचण्डले डा केसीलाई देखाएर विभिन्न पक्षबाट सरकारमाथि अनावश्यक आरोप लागिरहेकामा असन्तुष्टी पोखेका थिए ।
कांग्रेसप्रति रोश प्रकट गरेका प्रचण्डले एजेन्डा सकिएपछि कांग्रेसले केसीलाई उचालेको बताए। उनले भने, कांग्रेस यति निम्छरो, एजेन्डा बिहीन भइसकेको होरु आफ्नो केही एजेन्डा छैनरुु १२ बुँदे सम्झौता गरेर नेपाललाई शान्तिमा ल्याएको कांग्रेसको यो अवस्थाले आफूलाई कांग्रेस सकिएको भान भएको प्रचण्डको भनाइ थियो। उनले भने, मेरो बुझाइमा कांग्रेस अब सिद्धियो, अब यहाँबाट माथि आउने बाटो छैन।,अनशनबाट नै सबै कुराको निर्णय गर्नुपर्ने भए चुनाव किन चाहिएको हो भनेर प्रचण्डले प्रश्न गरेका थिए। उनले एक जनालाई अनशनमा बसाउने र सबै काम गर्ने भए संसदको काम किन चाहिएको हो भनेर प्रश्न गरेका थिए। उनले चिकित्सा शिक्षा विधेयक संसदमा गएकाले अब संसदले नै निर्णय गर्ने बताए ।
डा. केसीका बारेमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा भएको र देउवाले जे सहमति गर्नुहुन्छ गर्नुस् तर केसी मर्नुहुन्न। मरेभने हाम्रो आन्दोलन रोकिन्न भनेर जिम्मेवारी विहीन कुरा गरेको प्रचण्डले बताए। उनले कांग्रेस यहीँ बाटोमा लाग्ने हो भने इतिहासको पानामा सीमित हुने धारणा राखे। लोकतान्त्रिक पार्टीहरूले नै डा केसीको जीवनरक्षा गर्नबाट रोकेको र उपचार गर्नबाट रोकेको आरोप लगाए। प्रचण्डले केसीसँग वार्ता गर्न सरकार तयार रहेको बताए। उनले केसीलाई कसको घेरामा परेको छु र आफूलाई के गर्न खोजिरहेका छन् भन्नेबारे जानकारी राख्न आग्रह गरेका थिए ।
तपाइँको प्रतिक्रिया