कांग्रेसले ल्याएको संविधान संशोधन विधेयक पारित गर्ने एमालेको निर्णय

नेकपा एमाले तराई–मधेसका माग सम्बोधन गर्न सुशील कोइराला नेतृत्वको सरकारले अघि सारेको संविधान संशोधन विधेयकलाई अघि बढाउन तयार भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकले तराई–मधेसमा देखिएको समस्यालाई समाधान गर्न पूर्ववर्ती सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकको प्रक्रियालाई अघि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।एमालेले प्रदेशको सीमांकन सम्बन्धमा उठिरहेका विभिन्न आवाजहरु र मान्यतालाई समाधान गर्नको लागि सर्वदलीय राजनीतिक समिति निर्माण गरी अघि बढ्ने निर्णय गरेको छ । बैठकले सीमामा भएको भारतीयनाकाबन्दीकाकारण दैनिकजनजीवनमा परेको कठिनाइ र समस्यालाई सहज बनाउन तीव्र गतिले वैकल्पिक विकल्पहरु अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । वर्तमान परिस्थितिको बारेमा छिमेकी मित्रराष्ट्रहरुलगायत अन्तर्रा्ष्ट्रिय समुदायसँग प्रभावकारी कुटनीतिक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गरेको छ ।बैठकले संविधानको कार्यान्वयन तथा संविधान निर्माण पश्चात उत्पन्न परिस्थितिका सन्दर्भमा मंसिर २१ र २२ गते चितवनमा पार्टी
को विशेष राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रिया