कांग्रेस अधिवेशन : नवलपुरका दुई निर्वाचन क्षेत्रमा आज मनोनयन, भोलि निर्वाचन

कावासोती, ६ मंसिर । नवलपुरमा नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत आजबाट क्षेत्रिय अधिवेशनको प्रक्रिया शुरु हुँदैछ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा आज हुने संघीय निर्वाचनका क्षेत्र अधिवेशनका लागि दुइ वटा निर्वाचन क्षेत्रमा मतदान अधिकृत खटाइ सकिएको कांग्रेस नवलपुरका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता गोविन्द सिग्देलले जानकारी दिए । “सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्न पत्राचारसमेत गरिसकेका छौँ”, उनले भने ।
सिग्देलका अनुसार दुइ वटा संघीय निर्वाचन क्षेत्रका लागि आज मनोनयन र भोलि ७ गते मतदान हुने गरी तयारी अगाडि बढाइएको छ ।यसअघि नवलपुरका ९२ वडा र ८ स्थानीय तह र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ ।
अधिवेशनले दुई वटा क्षेत्रीय कार्यसमिति र ५० जना महाधिवेशन प्रतिनिधि चयन गर्ने छ ।
तपाइँको प्रतिक्रिया