कांग्रेस नेता गिरिको आजै अन्त्येष्टि गरिने, श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा पार्थिव शरीर राखिने

काठमाडौं, भाद्र ५
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदिप गिरिको अन्त्यष्टी आजै पशुपति आर्यघाटमा गरिने भएको छ ।
अन्त्यष्टी अगाडी श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा पार्थिव शरीर राखिने कार्यक्रम पनि रहेको छ ।
नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदिप गिरिको उपचारका क्रममा गएराती नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक मीनबहादुर विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका छन् ।
अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि गिरिको पार्थिव शरीर आज विहान ९ बजे देखि ११ बजेसम्म मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ ।
त्यसपछि साढे ११ बजे देखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा राखिने छ ।
त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने विज्ञप्तिमा उल्लेख छ ।
तपाइँको प्रतिक्रिया