कांग्रेस प्रदेश सभा अधिवेशन आजबाट सुरु

काठमाडौं, ३ मंसिर ।
नेपाली कांग्रेसको प्रदेश सभा अधिवेशन आजदेखि सुरू भएको छ । कांग्रेसले आज प्रदेश सभा निर्वाचन क्षेत्रहरूमा पार्टी कार्यसमितिका लागि अधिवेशन गर्ने भएको हो ।
करिब तीन सय प्रदेश सभा निर्वाचन क्षेत्रमा आज अधिवेशन गर्ने कांग्रेसको तयारी छ।
आजदेखि सुरू हुने प्रदेश सभा अधिवेशनको सभापति उम्मेदवारका लागि पाँच हजार शुल्क बुझाउनु पर्ने भएको छ । केही जिल्लाबाहेक मुलुकभरका ३३० वटा प्रदेश सभापति उम्मेदवारका लागि ५ हजार शुल्क तोकेको हो ।
शुक्रबार प्रदेशसभा अधिवेशन सम्पन्न हुन नसकेमा निर्वाचन समितिले नयाँ मिति तय गरेर अधिवेशन गराउनेछ ।
तपाइँको प्रतिक्रिया