कांग्रेस माहामन्त्री कोइरालाद्धारा गैँडाकोट नगर अस्पताललाई स्वास्थ्य सामाग्रि सहयोग, जिल्लाभर १३ लाख बराबरको सामाग्रि हस्तान्त्रण ।

गैँडाकोट, १७ जेठ ।
कोभिड १९ का बिरामिको उपचार गरिरहेको गैँडाकोट नगर अस्पताललाई स्वास्थ्य सामाग्रि प्राप्त हुने क्रम जारी रहेको छ । सोमबार नेपाली काग्रेस माहामन्त्री तथा प्रतिनीधि सभा सदस्य प्रा. डा. शशाकं कोइरालाले अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ । माहामन्त्री कोइरालाले पठाउनु भएको सामाग्री माहासमिति सदस्य भरत राज तिवारीले अस्पतालका प्रमुख इन्द्रराज शर्मालाई हस्तान्त्रण गर्नु भएको थियो । कोइराला मार्फत अस्पताललाई २ वटा हाइड्रोलिक बेड, ३ वटा अक्सिजन सिलिण्डर, २ वटा अक्सिजन कन्सनटे्रटर, ५० थान पिपिई, ३० लिटर सेनिटाइजर, ३ वटा अक्सिजन रेगुलेटर, ५० थान फेससिल्ड र १२ वटा चस्मा प्राप्त भएको नगर अस्पताल प्रमुख शर्माले जानकारी दिनु भयो ।
महामन्त्री कोईराला मार्फत नवलपुर जिल्ला भरि १३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सोमबार जिल्लाको गैंडाकोट नगर अस्पताल सहित प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्यविन्दु जिल्ला अस्पताल , जिल्ला प्रहरी कार्यालय , ट्राफिक प्रहरी कार्यालय , बुलिङ्गटार प्राथमिक स्वास्थ्य केन्द्र नेपाल पत्रकार महासंघ नवलपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
महामन्त्री कोइरालाले सोमबार जिल्लाका लागि ६ वटा अक्सिजन कन्सट्रेटर , १० वटा अक्सिजन सिलिन्डर , २३००० सर्जिकल माक्स, फेस शिल्ड ५६० वटा, सेनिटाईजर २३०लिटर , आईसियु बेड २ वटा, पिपिई २५० थान स्वकीय सचीव भरत तिवारी मार्फत जिल्लामा पठाएका हुन् ।
तपाइँको प्रतिक्रिया