काग्रेसले केवल पार्टिको सहि मार्ग निर्देश गदै विकासको बाटो खोज्ने:मन्त्रि भण्डारी

विवेक भण्डारी,
नवलपरासी ,भदै २५,नेपाली काग्रेसले प्रतिस्पर्थि पाटिलाई आफ्नो पार्टिलाई पार्टिको कुरा राख्ने स्थान नदिन काग्रेस पार्टि एक हुनुपर्ने वन तथा भु संरक्षण मन्त्रि शंकर भण्डारीले बताउनुभएको छ । बुटवलमा आयोजना हुने एक कार्यक्रममा जाने क्रममा नवलपरासीको कावासोतीमा कार्यकर्तालाई भेट्न आउनुभएका भण्डारीले सो कुरा बताउनुभएको हो । काग्रेसले केवल पार्टिको सहि मार्ग निर्देश गदै विकासको बाटो खोज्ने हुदा काग्रेसले पार्टि भित्र समन्वय गरेर अघि बड्न आवस्यक रहेको वताउनुभयो । पार्टि कार्य कर्ता पछि नेपाल प्रेस युनियन नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रि भण्डारीले मुलुकमा यति धेरै वन हुदा पनि अन्य मुलुकबाट काठ आयत गर्नु परेको भन्दै अबको ५ वर्ष भित्र मुलुकले आयाता नभई निर्यात गर्ने बताउनुभयो । चुरे क्षेत्रको विषयमा पत्रकारले सोधेको प्रश्नमा चुरेको समस्यालाई प्राविधिक मुल्याकनको प्रकिया अघि बढेको वताउदै चुरेमा हुन खोजेको अप्राविधिक दहनको नियन्त्रण गदै चुरे निकाल्दै जादा कसैको वस्तीमा असर नपर्ने खालको प्राविधिक मुल्याकन नै आवस्यक भएको जिकिर गर्नुभयो । मन्त्रि भण्डारीले विकासका पुर्वाधार नै बन भएको हुदा समुदाय स्तरबाट नै वनको संरक्षण गर्नुपर्ने बताउनुभयो । फरक प्रसगंमा मन्त्रि भण्डारीले वनको विषयमा आफ्नो क्षेत्रबाट सक्दो जानकारी र वनलाई असर पर्ने कुनै पनि खालका कार्य भए सिधै सम्पर्क गरि बन संरक्षणमा लाग्न पनि आग्रह गर्नुभयो ।
तपाइँको प्रतिक्रिया