काठमाडौंका बिभिन्न स्थानमा दाउरामा पकाएर सांकेतिक बिरोध

भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा शनिबार काठमाडौंका बिभिन्न स्थानमा दाउरामा पकाएर सांकेतिक बिरोध गरेका छन् । काठमाढौमा बिभिन्न स्थानमा स्थानीहरुले सामूहिकरुपमा दाउरा बालेर भात पकाएका हुन् । स्थानीयले नेपाली नेताहरुलाई भारतसँग नझुक्न आग्रहसमेत गरेका छन् । संयुक्त मधेसी मोर्चाको आन्दोलनको कारण देखाउँदै भारतले अघोषित नाकाबन्दी गरेपछि देशभर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अभाव भएको छ । अभावको पीडा सहन तयार रहेको सन्देश दिन पनि सामूहिकरुपमा सार्वजनिकस्थलमै दाउरा बालेर भात पकाएको स्थानीयहरुले बताएका छन् ।
तपाइँको प्रतिक्रिया