काठमाडौंमा अवतरण गर्नुपर्ने बिमान झापामा अवतरण

काठमाडौं, माघ ६
काठमाडौंमा अवतरण गर्नुपर्ने बिमान झापामा अवतरण भएको छ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।
बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको हो ।
बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ः६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ ।
तपाइँको प्रतिक्रिया