काठमाडौंमा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू

काठमाडौं, ६ असार ।
काठमाडौं उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थपिएको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ । थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ ।
बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ । मुलुकमा अहिलेसम्म काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमित फेला पर्ने क्रम जारी छ
तपाइँको प्रतिक्रिया