काठमाडौंमा १६ जना बन्द गराउँदै हिँडेका बन्दकर्ता पक्राउ परे

भाद्र ७, काठमाडौं ।
काठमाडौंमा १६ जना बन्दकर्ता पक्राउ परेका छन् । बन्द गराउँदै हिँडेका उनीहरूलाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार डिल्लीबजारको सफ्टवारिका कलेजमा तोडफोड भएको छ भने कोटेश्वरमा महासागर यातायात, थापागाउँमा नेपाल यातायात गाडी बन्दकर्ताले तोडफोड गरेका थिए ।
आजको बन्दको आब्हानकर्ता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भष्टाचारकोविरुद्ध उनीहरुले बन्द गराएको मोर्चाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया