काठमाण्डौमा सुरु गैरआवासीय नेपाली विश्व सम्मेलनमा लगानीका विभिन्न क्षेत्रहरुबारे चर्चा

काठमाण्डौं, असोज २८
काठमाडौँमा जारी गैरआवासीय नेपाली विश्व सम्मेलनमा नेपालमा लगानीका विभिन्न क्षेत्रहरुबारे चर्चा भएको छ । मङ्गलबार भएको आर्थिक उन्नतिका लागि स्रोतहरुको परिचालन विषयक कार्यक्रमका वक्ताहरुले नेपालमा लगानीका क्षेत्रहरु व्यापक भएकोले सरकारसँगको सहकार्यमा विभिन्न पूर्वाधारहरुमा लगानी गर्न सकिनेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं व्यवसायी चन्द्र ढकालले गैरआवासीय नेपालीले गरेको महत्त्वपूर्ण पूर्वाधारका रुपमा निर्माणाधिन २७ मेगावाटको धोर्दी खोला हाइडोपावर र सफल सञ्चालनको अवस्थामा चन्द्रागिरी हिल्स केवलकार उदाहरण रहेको बताउनु भयो । अर्का व्यवसायी सतिस कुमार मोरले नेपालमा अहिले राजनीतिक स्थीरता रहेको बताउँदै लगानीको उपयुक्त वातावरण रहेकोमा जोड दिए । उनले पर्यटन क्षेत्रमा लगानीका लागि धेरै सम्भावना रहेको बताउँनु भयो ।
यस्तै पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालको राष्ट्रियता नेपालको सीमानाभित्र मात्र नभएर सीमानाबाहिर भावनात्मक रुपमा रहेको बताए । उनले २०४६ सालपछि नेपालले सुरु गरेको आर्थिक उदारिकरणले नेपालले आर्थिक विकास गर्दै गएको बताउँदै विदेशमा बसेर कमाएको आम्दानी नेपालमा पनि लगानी भइरहेको उल्लेख गरे । । गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि भएको अधिवेशनमा नेपालको हितका पक्षमा विभिन्न छलफल कार्यक्रमहरु जारी रहेको छ । सम्मेलनको राष्टपति बिद्यादेबी भण्डारीले उद्धघाटन गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया