कानुन निर्माण हुने क्रम सुरु: कानुमन्त्री खरेल

कानुमन्त्री अग्नी खरेलले बिभिन्न कानुन निर्माण हुने क्रम सुरु भएको जनाउनुभएको छ । बुधबार संसद परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दे मन्त्री खरेलले यस्तो जानकारी दिनुभएको हो । उहाले संविधानको कार्यान्वयनका लागि १ सय ९३ वटा कानूनमा रहेका पुनरावेदन अदालत, गाउँ विकास समिति जस्ता शब्दावली परिवर्तनका लागि विधेयक पेश गरेको जानकारी दिनुभयो । सदनको बुधबारको बैठकमा मन्त्री खरेलले नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७२ पेस गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया