कारागारका एक जना कैदी बन्दी फरार

चैत्र २४
जलेश्वर कारागारका एक जना कैदी बन्दी फरार भएका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका–९ का कैदी कृष्ण यादव फरार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताएका छन् । उनी कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका कैदी बन्दी हुन् ।
शुक्रबार दिउँसो जनकपुरधामको एक क्लिनिकमा कारागारमा सुरक्षार्थ खट्ने प्रहरीले उनलाई उपचार गराउन लगेको बेला उनी फरार भएका हुन् ।
तपाइँको प्रतिक्रिया