आईपीओ सेयरको बाँडफाँड

काठमाडौं, जेठ १२ ङादी ग्रुप पावर कम्पनीले यसअघि खोलेको आईपीओ सेयरको बाँडफाँड भएको छ। एनआईबीएल क्यापिटल लाजिम्पाटमा एक कार्यक्रमका बीच सेयर बाँडफाँड गरिएको हो । न्यूनतम तोकिएको ५० कित्ता अर्थात ५ हजार रुपैयाँदेखि अधिकतम ५० हजार कित्ता अर्थात ५० लाख रुपैयाँसम्मको आवेदन परेको थियो। यस कम्पनीमा ठूला लगानीकर्ता बढी मात्रामा लाभान्वित भएका छन् । सामान्यतः ५० हजार रुपैयाँभन्दा बढी लगानी गर्नेलाई ठूला लगानीकर्ताको रुपमा लिइने गरिन्छ। यद्यपी ङादी हाइड्रोको सेयरमा भने ८० हजार रुपैयाँसम्मको आवेदन गर्नेलाई नै गोलाप्रथाबाट छनौट गरी १० कित्ता सेयर दिइएको छ ।
५० कित्ता अर्थात ५ हजार रुपैयाँदेखि ८० हजार रुपैयाँ अर्थात ८ सय कित्तासम्मको आवेदन दिनेहरुलाई गोलाप्रथाबाट छानेर १० कित्ता सेयर दिइएको हो। त्यस्तै ८१० कित्ता (८१ हजार रुपैयाँ)देखि ९ सय कित्ता (९० हजार रुपैयाँ)सम्म आवेदन दिनेलाई पनि १० कित्ता सेयर दिइएको छ। यो समूहको लगानीकर्ता सबैले १० कित्ता सेयर पाएका छन् । त्यसभन्दा माथि अर्थात ९ सय १० कित्तादेखि ५० हजार कित्ता सम्मको सेयर माग गर्नेहरुलाई १. १६ प्रतिशतले हुन आउने सेयर दिइएको छ। यस हिसावले ५० हजार कित्ता सेयर माग गर्ने आवेदकले ५ सय ८० कित्ता सेयर पाएका छन् । कुल ९ लाख ७३ हजार ७ सय ३७ कित्ता साधारण सेयर निस्कासन भएको हो। प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका सेयर निस्कासनमा १९ हजार ४ सय ७४ कित्ता सेयर कर्मचारीका लागि र ४८ हजार ६ सय ८६ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । यसअघि कम्पनीले आयोजना प्रभावितका स्थानीयलाई ४ लाख ८६ हजार कित्ता सेयर जारी गरेको थियो। सर्वसाधारणका लागि कम्पनीले चैत २१ गतेदेखि २४ गतेसम्म निस्कासन गरेको थियो।
तपाइँको प्रतिक्रिया