कालिगण्डकी चोक हुदै नवलपुरका पहाडी क्षेत्र चल्ने जिप छुट्ने निश्चित समय निर्धारण गरिदिन प्रशासन लाई यात्रुहरुको आग्रह

गैडाकोट, श्रावण ३
गैडाकोट कालिगण्डकी चोकबाट ढोडेनी जाने जिपले मनलाग्दी गर्न थालेपछी यात्रुहरु निकै ठुलो मारमा परेका छन् । दैनिक घण्टौं जिप कुरेर बस्नु पर्ने र जिप कतिखेर जान्छ भन्ने नै एकिन समय नहुँदा आफुहरु निकै समस्यामा पर्ने गरेको यात्रुहरु बताउछन् । अझै बढी समस्यात यात्रुहरुले बर्षातकोे बेला भोग्नु परेको छ । यो बेला त झन जिप कतिखेर जाने कति खेर आउने नै निश्चित नहुँदा यात्रा दैनिक निकै कष्टकर बनेको यात्रुहरु बताउँछन् । दैनिक करिव १ दर्जन बढि सवारी साधन गैंडाकोट कालि गण्डकी चोकबाट ढोडेनी हुदै बुलिङ्गटार थामबेसी कोटा लगायतका क्षेत्रका यात्रु लिएर जाने गरेका छन् । तर जिप जाने निश्चित समय भने तोकिएको छैन । त्यहाँ लेकबेसी यातायात ब्यवसायी समिति मार्फत जिपहरु सञ्चालन भएका छन् । जिप सञ्चालकले आफनो अनुकुलतामा यात्रुले जिप भरिए जाने नभरिए चडेका यात्रु समेत झारेर अलपत्र पारी छाड्ने गरेको दुखेसो यात्रुहरु गर्छन् । जबसम्म जिप भरिदैन तबसम्म जिप नचल्दा यात्रुहरु घण्टौ घण्टा सम्म जिप कुरेर बस्नु पर्ने बाध्यता छ । घण्टौं घण्टां कालीगण्डकी चोकमा गाडी कुरेर बस्नु पर्ने बाध्यतामा आफुहरु रहेको यात्रु मोती माया पुलामीले बताउनु भयो ।
दिनहुँ यो समस्या भोग्न परेको बताउदै उहाँले दैनिक १ दर्जन बढि जिप चल्ने यो सडकमा अति आवश्यक र आकस्मिक परेका बेला गाडीनै पाउन मुश्किल हुने गरेको बताउनु भयो । सवारी साधनको सञ्चालन निश्चिित समय नतोकिएकाले अचानक बिरामी परे तत्कालै स्वास्थ्य उपचारकका लागि अस्पताल जान पनि सवारी साधन नपाउने अवस्या रहेको स्थानीय बताउँछन् ।
यस्तै गरी अर्का स्थानीय सँगै सवारी साधन सञ्चालक इन्द्र ज्योती पोखरेलले यात्रु भरीएपछि मात्रै गाडी चल्ने भएकाले ४, ५ घण्टा सम्म गाडी कुर्न पर्ने बताउनु हुन्छ । बर्षा याममा हिलो र हिउँदमा धुलो हुने उतm सडकमा सवारी साधन चलाउन पनि असहज हुने भएकाले गाडी भरीएपछि मात्रै गाडी चल्ने बताउनु भयो ।
गैडाकोट देखी ढोडेनी करिव ९ किलोमिटरको हाराहारीमा रहेको छ ढोडेनीकै लागी मात्रै ६ वटा जिप चल्ने गर्छन् । ती जिप चल्ने निश्चित समय नहुँदा ९ किलोमिटरको यात्रा गर्न दिनभरी जिप कुर्नु पर्ने बाध्यतामा आफुहरु रहेको यात्रुहरु बताउँछन् ।
यो समस्या ढोडेनी जाँदा मात्रै नभएर ढोडेनी बाट गैंडाकोट आउँदा पनि पर्ने गरेको स्थानीयको भनाई छ । वडाको मुख्य समस्याको रुपमा बाटो रहेको छ । बाटो निर्माणका लागि स्थानीयले पटकपटक नगरपालिका सँगै वडा कार्यलय संग पनि पहल गरीरहेका छन् । ढोडेनी चल्ने जिपको निश्चित समय तोकिदिएर त्यो समयमा अनिवार्य त्यहाँबाट छुट्ने ब्यवस्था मिलाएर गाउँबासीको समस्या समाधानमा ध्यान दिन स्थानीय प्रशासनसँग यात्रुहरुले आग्रह गरेका छन् ।
(केशु सारु मगरको सहयोगमा रबिना परियारको रिपोर्ट)
भिडियो रिपोर्ट हेर्नुहोस
तपाइँको प्रतिक्रिया