कालीगण्डकीको डेढगाउँ पुल भासिदै गए पछि स्थायिलाई आउजाउमा समस्या

नवलपुर, ५ असार ।
पूर्वी नवलपरासीको पहाडी क्षेत्र डेढगाउँ र तनहुँ जोडने कालीगण्डकी नदीमाथिको पक्की पुलको उत्तरतर्फको भाग भासिएको छ । जसले गर्दा कालीगण्डकी नदी माथिको पक्की पुल जोखिममा परेको छ । बाढीले पुलको उत्तरी किनार खोल्दै लगेर भासिएका कारण पुल बग्ने जोखिम बढेको बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिनु भयो । उहाँका अनुसार पुलको उत्तरतर्फको तटबन्धन भासिएका कारण गाडी आउजाउ बन्द भएको छ । तटबन्धन भासिएका कारण पुल कति बेला खस्छ भन्ने त्रास बढेको स्थानियले बताएका छन् । यो जिल्लाको दुर्गम उत्तरी भूभाग र तनहुँ जोडने एकमात्र पक्की पुल हो । पुल भासिन थालेपछि स्थानियलाई आउजाउ गर्न सास्ती भएको छ ।
तपाइँको प्रतिक्रिया