कावासोतिमा खुल्ला भलिबल प्रतियागिता

नेपाल मगर यूवा संघ कावासोति नगर कमिटि द्धारा आयोजित खुल्ला भलिबल प्रतियागिताको उद्घाटन समारोह सम्पन्न भएको छ । चण्डि पूर्णिमाको अवसरमा जेष्ठ ८ गते हुने बृहत सांस्कृतिक कार्यक्रमको अवसरमा खेलको आयोजना गरिएको हो । बिहिबार भएको उद्घाटन समारोहको खेलमा लाङ्घालि स्पोर्टस क्लब र दाजूभाई सुन चांदि पसल बिच प्रतिस्पर्धा भएको हो । खेलमा नवलपूर क्षेत्रका विभिन्न २० वटा टिमको सहभागिता रहेको छ । खेलको समुद्घाटन गर्दै जिल्ला खेलकूद विकास समितिका काषाध्ँक्ष विकास के.सि ले खेल स्वास्थ्य र राष्ट्रका लागि नै महत्वपूर्ण रहेको बताउनू भयो । यूवाहरुको सक्रियताले गरिएको यस खेलले नवलपरासीलाई नै सकिने बताउनूभयो । खेलमा उत्कृष्ट हूनेलाई नगद रु ३० हजार, द्धित्तिय हूनेलाई रु २० हजार र तृतिय हूनेलाई रु १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । संघ का अध्यक्ष कृष्ण बहादूर सारुको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवि दुर्गा बहादूर राना, सामाजसेवि छविलाल राना लगाएत मगर अगुवाहरुको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया