कावासोतिमा वातावरण मैत्रि झोला निमार्ण सम्वन्धि तालिम शुरु

सावित्री रेग्मी ,नवलपरासी ,चैत्र ४,नवलपरासीको कावासोति १३ पिठौलिमा विहिवारदेखी वातावरण मैत्रि झोला निमार्ण सम्वन्धि तालिम शुरु भएको छ । प्रेरणा नेपाल कावासोतिको आयोजना र कावासोति नगरपालिकाको सहयोगमा पिठौलिका १० जना गरिव तथा विपन्न वर्गका महिलाहरुलाई लक्षित गरि तालिम प्रदान गरिएको हो । यो तालिमले वातावरण मैत्रि अभियानमा महिलाहरुको सहभागीता वढाउनुको साथै महिलाहरुलाई रोजगारिको वातावरण सृजना गरेको हुदां यो तालिम निकै प्रभावकारी रहेको तालिममा सहभागी महिलाहरु वताउंछन । कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका कार्यकारी अधिकृत मान वाहादुर खड्काले कार्यक्रममा वोल्दै यो अभियानलाई कार्यन्यन गर्न आझै देखी प्लाष्टिक जन्य वस्तुको प्रयोग कम गर्न स्थानिय स्तरवाटै सुरु गर्न आवश्यक रहेको वताउनु भयो ।साथै यो कार्यलाई तिव्रता दिन वातावरण मैत्रि झोलाको उत्पादनमा जोड दिनका लागी महिलाहरु तालिम दिईएको र यसको वजार ब्यवस्था नगरपालिकाले गरिदिने भएकाले राम्रो झोला उत्पान गर्न समेत महिलाहरुलाई सुझाव दिनु भएको थियो ।
त्यस्तै विशेष अतिथिमा नगरपालिकाकि वातावरण विद संगीता सुवेदीले २०७४ साल सम्ममा वातावरण मैत्रि नगरपालिका वनाउन का लागी कार्यहरु अगाडी बढाईरहेको हुदां यो झोला उत्पादनले यहांको स्थानिय महिलाहरुको आम्दानिको वाटो बन्न सक्ने भएकाले पनि नगरपालिकाले महिलाहरुलाई विशेष प्रथामिकतामा राखेको वताउनु भयो । कार्यक्रममा समता नेपालका संयोजक वावुराम पाण्डे ,प्रेरणा नेपाल कावासोतिका नि वर्तमान अध्यक्ष गोकुल पराजुलि,नागरिक वडा मञ्चका प्रतिनिधि कड्क वाहादुर गुरुङ्ग लगाएतले कार्यक्रममा वोल्दै आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई लक्षित गरि तालिम प्रदान गरिएको हुदां महिला शसक्तिकरण संगै वातावरण मैत्रि अभियान सफल हने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि,सृजना नागरिक सचेतना केन्द्रका प्रतिनिधिहरु तथा समाजसेवि लगाएतको उपस्थिति रहेको थियो । भने दिपक सुवेदिको अध्यक्षतामा कार्यक्रम भएको थियो । १० दिन सम्म सञ्चालन हुने तालिमको सहजिकरण कुमारि लामाले गर्नुहुनेछ ।
तपाइँको प्रतिक्रिया