ज्ञापनपत्र पेश

बिबेक भण्डारी २६, विनासकारी महा भुकम्प र भारतको लामो अघोषित नाका बन्दिका कारण सृजना भएको खाना पकाउने ग्यास चरम अभाव सामान्य तिर गए पनि कालो बजारी भने नरोकिएको ग्याँस विक्रेता संघ जिल्ला कार्य समिति नवलपरासीले जनाएको छ । आइतवार इलाका प्रशासन कार्यलय कावासोतीमा ज्ञापन पत्र पेश गदै विक्रेता संघले कालो बजारीले आफुहरुले उचित तरिकाले ग्यास वितरण गरे पनि कालो बजारी गर्नेहरुका कारण आफुरु समेत दोषमा परेको भन्दै ग्यास विक्रेताले ज्ञापन पत्र पेश गरेको हो ।
आफुहरुले आफ्ना ग्राहकलाई उचित तरिकाले ग्यास वितरण गरे पनि कालोबजारीयाका कारण आफुरु समेत दोषि देखिने हुदा कालोबजार गर्ने लाइ कार्वाहीका साथ आफुहरुले ग्यापन पत्र बुझाएको ग्याँस विक्रेता संघ जिल्ला कार्य समिति नवलपरासीका अध्यक्ष भोलानाथ ढकालले बताउनुभयो ।
आइतवार इलाका प्रशासन कावासोती मार्फत जिल्ला प्रशासन कार्यलय परासीलाई पेश गरिएको ज्ञापन पत्रमा “ग्यास सहज नभए सम्म नयाँ डिल्लर खोल्ने र नया सिलिण्डर बिक्रि गर्ने कार्य बन्द गदै सिलिण्डरको धरौटी रकम सुरक्षित गर्न माग गरियोस” भनिएको छ ।
त्यस्तै ज्ञापन पत्र बुझदै इलाका प्रशासन कार्यलय प्रमुख पिताम्बर घिमिरेले आफुले यस क्षेत्रमा ग्यास वितरण प्रणालिलाई सहज बनाइ रहेको र यस्ता कालो बजारी गर्नेलाई प्रशासन मौन नरहने र ज्ञापन पत्र आइतवार नै जिल्ला प्रशासनमा पठाइने वताउनुभयो । ज्ञापन पत्र ग्याँस विक्रेता संघ जिल्ला कार्य समिति नवलपरासीका अध्यक्ष भोलानाथ ढकालको अध्यक्षतामा पेश गरिएको थियो ।
तपाइँको प्रतिक्रिया