कावासोतीका एक महिलाको वेवारिसे मृत्यु

भदौँ ३ , नवलपरासी
पूर्वी नवलपरासीमा एक महिलाको वेवारिसे मृत्यु भएको छ । बाइस घरेमा बन्दै गरेको नयाँ घरमा बस्दै गरेको जमुना नाम बताउने यकिन नाम, थर, वतन नखुलेको महिलाको उपचारको क्रममा भरतपुरको जिल्ला सरकारी अस्पतालमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
सोमबार अचानक विरामी परेकी ति महिलाको स्थानीय र प्रहरीको सहयोगमा स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारका लागि भरतपुर लगिएको थियो । उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया