कावासोतीको सिद्धेश्वर राधाकृष्ण मन्दिरमा आज राधाकृष्ण झुला

बिबेक भण्डारी ८, सिद्धेश्वर राधाकृष्ण पाञ्चायन मन्दिर कावासासेती स्याउलीबजारमा श्रीकृष्ण जन्मअष्टमीको अवसरमा गरिने विभिन्न धार्मिक कार्यक्रमहरु बुधवार देखि सुरु भएको छ । श्रीकृष्ण जन्मष्टमीको पावन अवसरमा भाद्र ८ , ९ र १० गते ३ दिन सम्म आयोजना हुने कार्यक्रम अन्तरगत बुधवार पहिलो दिन राधाकृष्ण झुला स्थापना , पुर्वाङ्घ पुजा , श्रीमद्भागवत आरम्भ तथा आरति गरिएको थियो । श्रीकृष्ण जन्माष्टमी अन्तरगत विहिवार सुर्यपाकी स्वामी केशवाचार्य ज्युवाट श्रीकृष्ण लिला सम्बन्धि विशेष प्रवचन र शुक्रवार अन्तिम दिन हामोत्सव हवन पुर्णहित तथा महोत्सव समापन हुने कार्यक्रम आयोजक अध्यक्ष नारायण न्यौपानेले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया