कावासोतीमा चाडपर्वका समयमा यात्रुलाई सहज बनाउन यात्रु सहायता कक्षा स्थापना

चाडपर्वका समयमा यात्रुलाई सहज होस् भन्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय नवलपरासी र ईलाका प्रहरी कार्यलयले नवलपुरले मङ्गलबार कावासोतीको थानाचोकमा यात्रु सहायता कक्षा स्थापना गरेको छ । चाडपर्वका समयमा सवारीसाधनमा यात्रुलाई हुने ठगी, असुविधालाई निराकरण गर्न सहायता कक्षा स्थापना गरेको ईलाका प्रहरी कार्यलय कावासोतीका प्रहरी निरिक्षक कृष्णराज सापकोटाले जानकारी दिए । केन्द्रमा नेपाल प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधिले चौविसै घण्टा सेवा दिने छन् । १०० नम्बरको टोल फ्रिमा फोन गरि यात्रा गर्दा आँफुले भोगेका अप्ठयारा र ठगिएको बारेमा उजुरि गरे तत्काल सुन्वाइ गरि उद्धार गरिने व्यवस्था आँफुले गरेको प्रहरि निरिक्षक सापकोटाले बताए । जिल्ला ट्राफिक कार्यालय नवलपरासी प्रमुख सुर्य कुमार श्रेष्ठका अनुसार नागरिक सहायता केन्द्रले सर्वसाधारणलाई प्रभावकारी सेवा दिने मा विश्वस्त रहेको बताए छन् ।
तपाइँको प्रतिक्रिया