कावासोतीमा त्रि–पिटक कङ्ग्युर पाठवाचन महापुजा २०७९ को दोश्रो दिन पनि भब्य रुपमा सम्पन्न

कावासोती वडा नं. ३ को बरचुली बौद्ध गुम्बा मा सोमबारदेखी सप्ताह ब्यापी रुपमा सुरु भएको त्रि–पिटक कङ्ग्युर पाठवाचन महापुजा २०७९ मा दोश्रो दिन मंगलबार पनि भब्यताका साथ सम्पन्न भएको छ । कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुषालको प्रमुख आतिथ्यतामा भएको दोश्रो दिनको कार्यक्रममा सत्य वचन परम ईश्वरीय मार्ग दर्शनका संस्थापक एवं प्रमुख वाचक श्री कृष्ण आले मगर र केन्द्रिय अध्यक्ष निरञ्जन पाण्डेको विशेष प्रबचन रहेको थियो । त्यस्तै भोलीको सर्बधर्म महामिलन कार्यक्रम अन्तर्गत विभिन्न धर्मका धर्म गुरुहरुको विशेष उपस्थिती रहनेछ । जसमा देबघाट धामका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती जी महाराज,, बौद्ध धर्म गुरु खेन्पो डा. दशरथ गुरुङ्ग, ओमशान्तीका ब्रह्मकुमार राजु घले, आत्मज्ञान राधा स्वामी साईराम मनिष सापकोटा, मानव धर्मका केन्द्रिय प्रमुख चमेली वाईजी, ईस्लाम धर्मगुरु मौलाना नजरुल हसन, क्रिश्चियन धर्मगुरु पास्टर प्रेम थापा आदि धर्मगुरुहरुको विशेष उपस्थिती रहनेछ । यहि माघ १६ देखी २२ गते सम्म चल्ने महापुजामा विश्वशान्तीका लागि बौद्ध धर्मको महान ग्रन्थ त्रि–पिटक कङ्ग्युर लामाहरुद्धारा पाठवाचन हुनेछ । कार्यक्रममा सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउनका लागि सम्पूर्ण धर्मानुरागीहरुसँग आयोजकले अनुरोध समेत गरेको छ ।
तपाइँको प्रतिक्रिया