कावासोतीमा दोश्रो त्रि–पिटक (कङग्यूर) पाठवाचन महापुजा २०७९ हुने

माघ ३, कावासोती
कावासोतीमा दोश्रो विश्व शान्तीका लागि बौद्ध धर्मको महान ग्रन्थ त्रि–पिटक (कङग्यूर) पाठवाचन महापुजा २०७९ हुने भएको छ ।
नेपालकै मध्य भागमा अवस्थीत नवलपुर जिल्ला, कावासोतीे वडा नं. ३ को बरचुली बौद्ध गुम्बामा यहि माघ १६ देखि माघ २२ गतेसम्म सो कार्यक्रम हुन गईरहेको हो ।
आज मंगलबार बरचुली बौद्ध गुम्बा, कावासोतीको प्राङ्गणमा पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराईएको हो ।
दोश्रो पटक हुन गईरहेको विश्व शान्तीका लागि बौद्ध धर्मको महान ग्रन्थ त्रि–पिटक (कङग्यूर) पाठवाचन महापुजा २०७९ मा सहभागी भई कार्यक्रमलाई सफल बनाईदिनुहुन सम्पुर्णमा आयोजकले अनुरोध गरेको छ ।
कार्यक्रमको पहिलो दिन माघ १६ गते सोमबार कावासोतीको थाना चोक अगाडीको खुल्ला चौर देखि बरचुली बौद्ध गुम्बा सम्म विभिन्न जात जातिको संस्कृति झल्कने झाँकी सहितको शान्ति पद यात्रा हुनेछ । महापुजाको उद्घाटन गर्न गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री खगराज अधिकारीलाई निमन्त्रणा गरिएको आयोजक संस्थाका अध्यक्ष मन बहादुर गुरुङ्गले बताउनुभयो ।
त्यस्तै महापुजामा माघ १७ गते मंगलबार सर्वधर्म महामिलन कार्यक्रममा सत्यवचन परम ईश्वरीय मार्ग दर्शनका संस्थापक तथा संरक्षक तथा प्रमुख वाचक श्री कृष्ण आले मगर ज्यू र केन्द्रीय अध्यक्ष एवं वाचक श्री निरञ्जन पाण्डेको विशेष प्रबचन रहनेछ । त्यस्तै माघ १८ गते बुधबार सर्वधर्म महामिलन कार्यक्रममा देवघाट धामका पिठाधिश एवं श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज ज्यूको विशेष प्रबचन रहनेछ भने आत्मज्ञान – राधा स्वामी , साईराम – श्री मनिष सापकोटा, मानव धर्मका केन्द्रिय चमेलीबाईजी, इस्लाम धर्मका धर्मगुरु मुस्लिम समुदाय÷नेपाल डेभलपमेन्ट सोसाईटीका अध्यक्ष श्री मौलाना नजरुल हसन, क्रिश्चियन धर्मका प्रमुख धर्मगुरु पास्टर श्री प्रेम थापा, सिख धर्म, जैन धर्म आदिका धर्मगुरुहरुको विशेष सहभागिता हुनेछ ।
त्यस्तै माघ १९ गते विहिबार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्ब उपकुलपति डा. जगमान गुरुङ्ग, तमु ह्युला छोंज धीं का केन्द्रिय अध्यक्ष श्री कर्ण बहादुर गुरुङ्ग, तमु प्हे ल्हू संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमू, तमू धीं नेपालका केन्द्रिय अध्यक्ष होम बहादुर गुरुङ्ग, धर्मगुरुहरु र विद्धान ब्यक्तिहरुको सम्मेलन रहनेछ ।
त्यसैगरी माघ २० गते शुक्रबार दिन प्रमुख वाचक खेन्पो बगेन्द्र शिल, बौद्ध आचार्य पल्वर गुरुङ्ग र अकलध्वज गुरुङ्ग, माघ २१ गते शनिबार बिहान ६ः३० बजे देखि ११ः३० बजेसम्म पुजापाठ, हवन, चौरासी पुजा, तुला दान । लामा बौद्ध धर्म समाजका केन्द्रिय अध्यक्ष खेन्पो शिर लामा, नेपाल लामा संघका महासचिव मीन लामाको विशेष उपस्थिती रहनेछ । भने कार्यक्रमको अन्तिम दिन माघ २२ गते आईतबार खेन्पो सिर लामा गुरुङ्गबाट वाङ्ग अभिषेक र टप्चे कार्यक्रम रहने आयोजक संस्थाका महासचिब गंगा तमुले बताउनुभयो ।
त्रि–पिटक (कङग्यूर) पाठवाचन महापुजा २०७९ को आयोजक संस्था बरचुली बौद्ध गुम्बा रहेको छ भने यसका अन्य सहयोगी संस्थाहरुमा लालीगुराँस ईकाई समिति, कावासोती, मैच्यु देउराली सेर्गा समिति, बरचुली तमू भलाई समूह, श्री सुनगाभा आमा समूह, करुणामय ञ्यूङने आमा समूह रहेका छन् । कार्यक्रमलाई भब्य र सभ्यरुपमा विगतको भन्दा पनि राम्रो बनाउन विभिन्न उपसमितिहरु बनाई कार्यविभाजन गरि खटिएको सचिवालय संयोजक घमान सिंह गुरुङ्गले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया