कावासोतीमा मनाइयो अन्तराष्ट्रिय बाघ दिवश

साउन १३, कावासोती ।
कावासोतीमा अन्तराष्ट्रिय बाघ दिवश मनाइएको छ । बाघ संरक्षणका विषयमा अन्तरक्रिया सहित टाइगर ट्रेल उद्धघाटन तथा वृक्षा रोपण गरि दिवश मनाइएको छ ।
कावासोती १० , चिलाहा रतवल होम स्टेमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सांसद तिलक महतले संरक्षणमा समुदायको भूमिका ठूलो रहेको बताउनुभयो । बाघ संरक्षणमा समेत समुदाय सहित राज्य स्तरबाट भएका कार्यले अलिहे बाघको संख्या नेपालमा बढेको उहाँले बताउनुभयो । वन्यजन्तुको संरक्षण सहित यसमा आधारीत रहेर आर्थिक विकासमा समेत टेवा पुगेको उल्लेख गर्दै संरक्षणको अभियाना सबै हातेमालो गरि अघि बढ्नुपर्ने बताउनुभयो ।
कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालले चितवन राष्ट्रिय निकुञ्ज र यहाँ रहेका बाघ लगायतका वन्यजन्तु राष्ट्रको सम्पती भएको बताउनुभयो । बाघको संख्या बढ्नुमा संरक्षण प्रमुख कुरा रहेको बताउनुभयो । वन्यजन्तुको माध्यमबाट पर्यटकिय गतिविधि बढेको उहाँले बताउनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले बाघ दिवस मनाउनुको अर्थ, नेपालमा बाघको संख्या वृद्धिमा खेलीएको भूमिका लगायतका विषयमा बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले समेत संरक्षणको कार्यमा सबैले हातेमालो गरि लाग्नुपर्ने बताएका थिए ।
चिलाहा रतवन सामुदायिक होम स्टे, कृष्णसार मध्यवर्ती सामुदायिक वन , सिविएपियु लामिचौर उपभोक्ता समितिको आयोजना र एन्साब नेपालको सहयोगमा भएको कार्यक्रममा घरबार एशोसिएसन नेपालका केन्द्रिय अध्यक्ष पे्रमशंकर मर्दनिया, संरक्षकर्मी डिबि चौधरी, एमाले नगर कमिटि अध्यक्ष रामकृष्ण ढुङ्गाना, वडा नम्बर १० का वडा अध्यक्ष टेक नारायण महतो, १५ का निवर्तमान अध्यक्ष देवनारायण महतो लगाएत संरक्षणकर्मीको कार्यक्रममा उपस्थिती रहेको थियो ।
चिलाहा रतवन सामुदायिक होम स्टेका अध्यक्ष भेषराज महतोको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नन्दुप्रसाद महतोले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया