कावासोतीमा सबारी दुर्घटना, एकको अवस्था गम्भिर

कावासोती ३०, नवलपरासीको कावासोतीमा सवारी दुर्घटना हुदा १ जनाको अवस्था गम्भिर रहेको छ । आइतवार पुर्वबाट पश्चिम तर्फ गइरहेको लु २७ प ४०७९ नम्बरको एफ जेट मोटर साइकलले सोहि दिशा तर्फ साइकलमा गइ रहेका २ युवतिहरुलाई ठक्कर दिदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय नवलपुरले जनाएको छ । घाइते २को उपचारको लागि नवलपुर अस्पताल लगिएको छ भने दुर्घना गराउने मोटर साइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । घाइतेको नाम खुल्न नसकेको ले विस्तृत जानकारी आउन बाकि रहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया