कावासोतीमा सवारी दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

कावासोती, १३ मंसिर । पैदल हिडिरहेका बेला अटोले ठक्कर दिदा नवलपुरको कावासोतीमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । कावासोती नगरपालिका वडा नं. ११ लौघाई स्थित भित्री सडकखण्डमा पैदल हिडिरहेका स्थानीय ४९ वर्षका गोपाल चापागाईको अटोको ठक्करबाट मृत्यु भएको हो ।
गएराति ९ वजे श्रीमती राधा चापागाई र छोरा पंकज शर्मा सँगै पैदल हिडिरेका उनिहरुलाई लुु १ ह १०३३ नम्बरको अटोले ठक्कर दिएको थियो अटोको ठक्करबाट गम्भिर घाईते भएका गोपालको उपचारको क्रममा राति सवा १० वजे मध्यविन्दु जिल्ला अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व) ले जनाएको छ ।
अटोको ठक्करबाट घाईते भएका श्रीमती राधा चापागाई र छोरा पंकजको भरतपुरमा उपचार भैरहेको छ । ठक्कर दिए पछि फरार भएकि अटो चालक कावासोती ११ बस्ने जमुना महतोलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीेले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया