कावासोतीमा साढे तिनलाख बराबरको धनमाल चोरी,सचेत रहन प्रहरीको आग्रह

प्रकाश बस्याल,नवलपरासी,कात्तिक १९। नवलपरासीको कावासोतीमा आज बिहान चोरी भएको छ । कावासोती नगरपालीका ८ स्थित बाल कृष्ण घिमीरेको घरबाट आज बिहान करीब साढे तिन लाख बराबरको धनमाल चोरी भएको हो ।ईलाका प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार आज बिहान करीब २ बजेको समयमा घरको झ्यालको ग्रिल खोलेर साढे ५ तोला सुनका गरगहना ,१ थान ल्यापटप,१ थान क्यामेरा,१ थान मोवाईल र नगद रु ८ हजार गरी साढे करीब ३ लाख बराबरको सामान चोरी भएको हो । घटनाको बारेमा अनुसन्धान तथा चोरको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।चाडबाढ को समय भएकाले मानिसहरुको चहलपहल बढ्ने भएकाले यो समयमा सचेत भई आफ्ना समानहरु सुरक्षीत संग राख्न का लगी समेत अनुरोध गरेको छर समाजमा कोही संकास्पद ब्यक्ति देखा परे तुरुन्त प्रहरीमा खवर गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया