कावासोती नगरपालिकाको तेस्रो नगर परिषद् आईतवार सम्पन्न

कावासोती नगरपालिकाको तेसा्रे नगर परिषद् आईतवार सम्पन्न भएको छ । परिषद्ले आर्थिक वर्ष ७३ ÷७४ का लागि १२ करोड ८६ लाख ६० हजार ७ सय २० रुपैया बरावरको निती तथा कार्यक्रम पारित गरेको हो । परिषद्ले चालु तर्फ ७ करोड ९९ लाख र पुजिगत तर्फ ४ करोड ८७ लाख वरावरको वजेट पारित गरेको हो । कावासोती नगरपालिकाको परिषद् आईतवार सम्पन्न हरेक वडा लाई १५ लाखका दरले वजेट विनियोजन गरेको छ । जस्मा अधिकासं वजेट बाटो तथा कल्भर्ट निमार्णमा विनियोजन गरेको छ । ल्याण्डफिल्ड साईडका लागि १० लाख रुपैया विनियोजन गरेपनी स्थान भने तय गरीएको छ । वजेटमा नगरपालिका लाई नमुना वनाउने विशेष योजनाको भने परिकल्पना समेत गरीएको छैन् । यसैविच वडा नागरिक मञ्चका प्रतिनिधिको परिषद वहिस्कार गरेपछी केही समय परिषद रोकीएको थियो । वडा नागरिक मञ्चका अध्यक्षहरुलाई अपमान गरीएको भन्दै अध्यक्षहरु कर्यक्रम वाट वाहिरीएका थिए । नगरपालिकाका कार्यकारी अधिकृत मान वहादुर खड्काले गल्ति स्विकार गरेपछी परिषद पुन सुचारु भएको थियो ।
तपाइँको प्रतिक्रिया