कावासोती नगरपालिकामा बातावरणको रकम हिनामिना

कावासोती , १३ असार ।
नवलपरासीको कावासोतीमा रहेको ज्योती कुञ्ज सामुदायीक बनमा जिल्ला बन कार्यलय नवलपरासीले गरेको कार्य देखाई कावासोती नगरपालीकाबाट २ लाख रुपौया बजेट निकासा गरि हिनामीना गरेको खुलासा भएको छ ।कावासोती नगरपालीकाको बाताबरण मैत्री कार्यक्रम शिर्षकको २ लाख रुपौया बाताबरण अधिकृत संगिता सुबेदी र योजना शाखा प्रमुख बिनोद अर्यालको मिलेमतोमा उक्त रकम ज्योती कुञ्ज सामुदायीक बनको अध्यक्ष राम बहादुर हमाल सहित केही सदस्यहरुले हिनामीना गरेको ज्योती कुञ्ज सामुदायीक बनका एक सदस्यले आरोप लगाएका छन् ।
आर्थिक बर्ष २०७१/७२ मा जिल्ला बन कार्यलय नवलपरासीले उक्त्त ज्योती कुञ्ज सामुदायीक बनमा जिल्ला बन कार्यलयको नर्सरी (बिरुवा उत्पादन ) गर्ने केन्द खोल्ने कार्य गरेको र त्यही कार्यलाई देखाई कावासोती नगरपालीकाको आर्थिक बर्ष २०७१÷७२ को बाताबरण मैत्रि कायक्रम अन्तर्गतको २ लाख रुपौया बजेट निकाली हिनामीना गरेको स्रोतले जनाएको छ । जिल्ला बन कार्यलय नवलपरासीको अनुसार उक्त क्षेत्रमा नर्सरी (बिरुवा उत्पादन ) केन्द्र बनाउन र तारबार गरि बिरुवा रोप्न ४ लाख रुपौया खर्च भएको जनाएको छ ।
नगरपालीको बाताबरण मैत्रि कार्यक्रम प्रमुख संगिता सुबेदी आफनो काम पैसा बाढने भएको र अनुगमन गर्ने कार्य नगरपालीकाको योजना प्रमुख बिनोद अर्यालको रहेको बताएकी छिन् । तर योजना प्रमुख बिनोद आर्यालले भने बाताबरण मैत्रि कार्यक्रमको बजेट भएकोले आफुलाई कुनै सरोकार नहुने बताएका छन् । यता ज्योती कुञ्ज सामुदायीक बनका अध्यक्ष राम बहादुर हमालले नगरपालीका कार्यलयबाट कुनै नर्सरी (बिरुवा उत्पादन) गर्ने भनि पैसा नलगेको उक्त रकम तारबार र बिरुवा रोप्न भनि लगेको जनाएका छन् । साथै उनले रकम हिनामीना समेत नगरेको जनाएका छन् । यता ईलाका बन कार्यलय कावासोतीका प्रमुख कृष्ण प्रसाद देबकोटाले उक्त नर्सरी र तारबार साथै बोटबिरुवा समेत जिल्ला बनको लगानिमा गरिएको जनाएका छन् । यता कावासोती नगरपालीकाको कार्यकारी अधिकृत हरीलाल पुरी र बाताबरण कार्यक्रम प्रमुख संगिता सुबेदीले उक्त २ लाख रुपौया नर्सरी (बिरुवा उत्पादन) केन्द्र बनाउन दिएको जनाएको छन् । तर ज्योति कुञ्ज सामुदायीक बनका अध्यक्ष हमालले पुन उक्त रकम तारबार र बिरुवा रोप्न प्रयोग गरेको जनाएका छन् । उक्त बनका एक सदस्यले नै उक्त तारबार, बिरुवा रोप्ने तथा नर्सरी (बिरुवा उत्पादन) केन्द्र जिल्ला बन कार्यलय नवलपरासीले बनाएको जनाएका छन् । (बुटवल टुडेमा खबर प्रकाशित छ)
तपाइँको प्रतिक्रिया