कावासोती नगरपालिकामा मनोनयन दर्ता कस्तो

अस्मिता भण्डारी २० , १७ वटा वडा रहेको कावासोती नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नयां शक्ति पार्टी, संघीय समाजवादी फोरम, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, जनमोर्चा नेपाल लगायतका दलहरुले उमेदवारी दिएका छन् । नवलपरासीको कावासोती नगरपालिकामा नेपाली काङ्गेसबाट मेयरमा महेन्द्र पोख्रेल र उपमेयरमा खगिसरा गुरुङ्गले उमेद्वारी दर्ता गराएका छन् । यसैगरी नेकपा एमालेबाट मेयरमा चन्द्रा पुन र उपमेयरमा प्रेमशंंकर मर्दनियाले उमेद्वारी दर्ता गराएका छन । त्यस्तै नेकपा माओवादी केन्द्रबाट प्रमुखमा डासीराम बस्याल र उपप्रमुखमा रमिला भुजेलले उमेद्वारी दिएका छन । कावासोती नगरपालिकामामा राप्रपाबाट मेयरमा लोकनाथ लामिछाने र उपमेयरमा उमा दमाई, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट प्रमुखमा बावुराम पोखरेल र उपप्रमुखमा गीता पाण्डे, नया“ शक्ति पार्टी र संघीय समाजवादी फोरमबाट प्रमुखमा मंगल लामा र उपप्रमुखमा पवित्रा भुसालले उमेद्वारी दर्ता गराएका छन् । त्यस्तै राष्ट्रिय जनमुक्ती पार्टीबाट मेयरमा तिलक थापा, उपमेयरमा पार्वती गुरुङ्गले उमेद्वारी दर्ता गराएका छन् भने कावासोतीमा मेयर पदका लागि स्वतन्त्र उमेद्धारका रुपमा शिव भट्टराई र श्रीकान्त खरेलले मनोनयन दर्ता गराएका छन । उमेदवारी दर्ता गराउनु पूर्व नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा माओवादी केन्द्र लगायतका दलले बाजागाजा र र्याली सहित उमेद्वारी दर्ता गराएका थिए ।
तपाइँको प्रतिक्रिया