कावासोती नगरपालिकाले नगर चक्रपथ निर्माण गर्दै

ज्ञानु पंगेनी
नवलपरासी, १८ जेठ
नवलपरासी पुर्वको कावासोती नगरपालिकाले ४ बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी नगर चक्रपथ निर्माणको महत्वपुर्ण योजना अगाडी बढाएको छ ।
कावासोती नगरपालिका ४ हसौराबाट निमार्ण थालिएको चक्रपथको शुक्रबार कावासोती नगरपालिकाकी मेयर चन्द्रकुमारी पुनले शिलन्यास गरिन ।
नगरपालिकाको प्राथमिकतामा परेको चक्रपथले कावासोती नगरपालिकाको १७ वटा वडा मध्य १५ वटा वडालाई छुने छ । नगरपालिकाको वडा नम्बर ८ र २ लाई भने चक्रपथले छुनेछैन । झण्डै ५० किलोमिटर लम्वाईको चक्रपथ निर्माण हुनेछ । यसको चौडाई ठाउ अनुसार आवशयकता अनुसारको निर्माण गरिनेछ ।
नगरपालिकाले सडक संजालले सबै वडालाई सहज रुपमा जोडनका लागि चक्रपथ निर्माणको योजना अगाडी बढाईएको कावासोती नगरपालिकाकी मेयर चन्द्रकुमारी पुनले बताईन ।
नगरपालिका भित्रका १६ वटा वडाको डिपिआर यस अघिनै तयार भएकोमा भएकोमा पछिल्लो पटक थप भएको १७ नम्बर वडाको भने डिपिआर तयार कार्य भईरहेको छ । पहिलो चरण यस बर्ष कावासोती नगरपालिका वडा नम्बर ४ मा १७ सय २० मिटर लम्बाईको सडक कालोपत्रे गरीने छ । अहिले १ करोड ७५ लाखको लागतमा पहिलो चरणमा काम शुरु गरिएको छ ।
नया“ जिल्लाको रुपमा बिकाश हुदै गएको कावासोती नगरपालिका जिल्लाकै सदरमुकामको रुपमा समेत हेरीएकाले शहरलाई ब्यवस्थित बनाउनका लागि योजना बद्ध रुपमा कार्य अगाडी बढाईएको मेयर पुनले बताईन । यसैको शुरुवाता स्वरुप रि¨रोड निर्माणको महत्वपुर्ण योजना अगाडी बढाईएको उनको भनाई छ । मेयर पुनका अनुसार नगरले प्रमुख प्राथमिकताका योजनाको रुपमा बसपार्क निर्माण,रंगशाला निर्माण ,पर्यटन प्रर्वदनका लागि भ्युटावर निमार्णका योजना समेत अगाडी बढाएको उनले बताईन ।
नगरको प्रमुख प्राथमिकतामा नगरचक्रपथ रहेकाले आगामी आर्थीक बर्षमा छुट्टा छुट्टै रुपमा बिभिन्न वडाबाट कार्य थालनी गरी जतिसक्दो चाडो निर्माण सम्पन्न गर्नका लागि कार्य गरीने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोशन ज्ञवालीले बताए ।
तपाइँको प्रतिक्रिया