कावासोती शिवमन्दिर थारु एकता समाजको आयोजनामा एक दिने निशुल्क गर्भपतन सम्बन्धि जनचेतना कार्यक्रमको आयोजना

विवेक भन्डारी,२ मंसीर ,नवलपरासी । कावासोती शिवमन्दिर थारु एकता समाजको आयोजनामा बुधवार नवलपरासीको कावासोतीमा एक दिने निशुल्क गर्भपतन सम्बन्धि जनचेतना कार्यक्रमको आयोजना गरेको थियो । जनचेतना मुलक कार्यक्रममा गर्भपतन गराउनुको कारण , जोखिम र समस्याको वारेमा सहजिकरण गराईएको थियो । पछिल्लो समय अशुरक्षीत यौन सम्पर्क, छोराको चाहजन जस्ता कारणले गर्भपतन गराउने गरेको समेत कार्यक्रममा जनाकारी गराइएको थियो । कार्यक्रमको सहजिकरण आवाज विहिनहरुको आवाज भन्ने संस्थाका राष्टिय निर्देशक सुमन राइले गराउनुभएको थियो । कार्यक्रममा भुर्ज आवाज तथा आवाज विहिनहरुको अवाज संस्थाका निर्देशक सुविन राइको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कावासोती शिवमन्दिर थारु एकता समाजका अध्यक्ष महाराजी महत्तो को अध्यक्षतामा आयोजना गरिएको थियो । जनचेतनामुलक कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि , समाज सेविको उपस्थीत रहेको थियो ।
तपाइँको प्रतिक्रिया