कास्कीको याम्दीमा बस दुर्घटना, १ को मृत्यु २८ घाईते

पोखरा ,१७ काठमाडौंबाट बागलुङ जाँदै गरेको यात्रु बस दुर्घटना भएको छ। काठमाडौंबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको बस कास्कीको याम्दीमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुई वर्षे बालककको मृत्यु भएको छ । अन्य २८ जनालाई उपचारको लागि अस्पताल लगिएको छ । पोखराबाट बाग्लुङ तर्फ नै गइरहेको अर्को एक बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित हुँदा बिहानीपख दुर्घटना भएको स्थानीयवासीले जानकारी दिएका छन्। बस सोमबार बिहान ५ बजेर ५० मिनेट जाँदा दुर्घटना भएको र सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।प्रहरी उद्दार कार्यमा खटिएको प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
तपाइँको प्रतिक्रिया