किरात धर्म गुरु फाल्गुनन्दको १ सय ३२ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाउँदै

काठमाण्डौ २५ , किरात धर्म गुरु फाल्गुनन्दको १ सय ३२ औं जन्मजयन्ती किरात धर्मावलम्बीहरुले विहिवार देशैभर विविध कार्यक्रम गरी मनाउँदैछन् । फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षणका निमित्त लागिरहे। यसबीच उनले देशद्रोहीको अभियोग पनि खेपेका थिए । वि. सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत संघ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छन् । बाबु जगनबाज लिम्बु लिङदेन र आमा हंसमती लिम्बुको कोखबाट विक्रम सम्वत १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा फाल्गुनन्दको जन्म भएको थियो । फाल्गुनन्दले १९८८ बैशाख २४ गते पाँचथरको शिलौटीमा तत्कालिन दश लिम्वुवानका प्रतिनिधि बोलाएर किराँत याक्थुङ वृहद चुम्लुङ वोलाएर दशवुँदे सत्य धर्म मुचुल्का पारित गराएका थिए । जस्लाई किराँत समुदायले किराँत सस्कृतिको पहिलो खुट्किलोका रुपमा लिँदै बैशाख २४ गते समाज सुधार दिवशका रुपमा मनाउने गर्छन । सरकारले किरात धर्ममालम्बी कर्मचारीलाई विदा दिने गरेको छ ।
तपाइँको प्रतिक्रिया