किशोर किशोरी सचेतना तालिम

बिबेक भण्डारी ३२, देवचुली नगरपालिकाको आर्थिक सहयोगमा देवचुली नगर युवा तथा खेलकुद विकाश समितिको आयोजना र परिवर्तनका लागि युवा नेपाल, जागृति वाल तथा युवा सरोकार नेपाल, प्रगतिनगर सामुदायिक पुस्तकालयको सह आयोजनामा देवचुली नगरपालिकाका उच्च मा. वि का विद्यार्थीहरुलाई बाल मैत्रि स्थानिय शासनको जानकारीका साथै लागु पदार्थ दुव्र्यसनी न्यूनीकरण गर्ने उदेश्यले सञ्चालीत आज सम्पन्न भएको छ। मिति २०७३ जेठ ३० गते भीमसेन आदर्श उच्च मा. वि ३१ गते नेपाल उच्च मा. वि र आज ३२ गते जन ज्योति उच्च मा. वि मा सञ्चालन गरियको थियो । उक्त तालिमलाई ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख राजेश थापा, परिवर्तनका लागि युवा नेपाल अध्यक्ष राजु चापागाई, जागृति वाल तथा युवा सरोकार नेपालका महा सचिव दिपक शर्मा र परिवर्तनका लागि युवा नेपालका सचिव विजय कुमार सारुले सहजिकरण गर्नु भएको थियो । आजको तालिम देवचुली नगर युवा तथा खेलकुद विकाश समितिको अध्यक्ष भीमलाल तिवारी को अध्यक्षता र देवचुली नगरपालिका का कार्यकारी अधिकृत हरि प्रसाद चापागाई को प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । उक्त तालिममा १२० जना विद्यार्थीहरुलाई प्रशिक्षण गरिएको आयोजकले जनाएको छ ।
तपाइँको प्रतिक्रिया