किसान साकोस र त्रिवेणी साहित्य प्रतिष्ठानद्धारा यस वर्षको असार १५ मा साहित्यिक कार्यक्रम

भूमिलाल पौडेल, गैंडाकोट, १५ असार ।
किसान साकोस र त्रिवेणी साहित्य प्रतिष्ठानले यस वर्षको असार १५ लाई साहित्यिक कार्यक्रम गरेर मनाएको छ । असार १५ गते किसान साकोसले २५ वर्ष पुरा गरेको दिन हो भने आजकै दिन त्रिवेणी साहित्य प्रतिष्ठान नवलपुरको स्थापना भएको दिन पनि । किसनन साकोसको रजत महोत्सव र त्रिवेणी साहित्य प्रतिष्ठानको ३२ औं वाषिकोत्सवको अवसरमा गैंडाकोट ४ मा रहेको किसान ग्यालरीमा साहित्यिक कार्यक्रमको अयोजना गरिएको हो । दुवै संस्थाहरुको संयुक्त आयोजनामा भएको सहित्यिक कार्यक्रममा नवलपुर तथा चितवनका एक दर्जन बढी लव्ध–प्रतिष्ठित साहित्यकारहरुले आ–आफ्ना साहित्यिक रचनाहरु वाचन गर्नुभएको थियो । साहित्यकारहरु उदय रेग्मी, टंकराज ढकाल ‘तितेपाती’, कृष्ण शरण उपाध्याय, वसुन्धरा पौडेल, विश्वम्भर लम्साल, रामहरी श्रेष्ठ, रामहरी शर्मा ‘सराह’, बिष्णुमाया पन्थी, लकाश पौडेल, धर्मानन्द पौडेल, सृजन लम्साल, भगवती गौतम, ईन्द्रराज पौडेल र मुना धनन्जय लगायतले कविताहरु बाचन गर्नुभएको थियो ।
किसान साकोसका अध्यक्ष श्रीहरी चालिसे र त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद खनालको अध्यक्षतामा भएको साहित्यिक कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौंडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा आफ्ना भनाईहरु राख्दै नगरप्रमुख पौडेलले राजनीति भन्दा साहित्य फरक पक्ष भएपनि अन्ततः साहित्यले पनि जनसमुदायमा चेतनाको संचार गर्ने भएकोले साहित्यको जगेर्ना र त्यसको विकास अनिवार्य जस्तै भएको बताउँदै साहित्यको उत्थानका निम्ति नगरपालिकाले सकेसम्म सहयोग गर्ने बचन दिनुभएको थियो ।
साहित्यिक कार्यक्रममका अन्य अतिथिहरुमा साहित्यकार तथा भाषाविद चुडामणी बन्ध,ु वडा नं. ५ का वडा अध्यक्ष नवराज कँडेल, वडा नं. ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपाने, किसान साकोसका संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेल, साहित्यकार गोविन्द विनोदी लगायत किसान साकोसका कर्मचारीहरु र प्रतिष्ठानका सदस्यहरुको सहभागिता रहेको थियो । किसान ग्यालरीले संयोजन गरेको कार्यक्रममको संचालन साहित्यकार तथा कलाकार भिमप्रसाद शर्माले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया