किसाहरुलाई अभियान नै संचालन गरेर तालिम दिइने कृषि विकास मन्त्रीको भनाई

कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषि पेशामा संलग्न किसाहरुलाई अभियान नै संचालन गरेर सम्बन्धित विषयको तालिम दिइने बताउनुभएको छ । राष्ट्रिय कृषक समूह महासंघ नेपालका विभिन्न २१ जिल्लाबाट आएका किसानहरुको विशेष भेलाको बुधबार काठमाडौमा समापन गर्दे उहाले नेपाल कृषीप्रधान मुलुक भएकाले कृषि पेशामा संलग्न किसाहरुलाई अभियान नै संचालन गरेर सम्बन्धित विषयको तालिम दिइने बताउनुभएको हो । युवाहरुलाई तालिम दिंदा कम्तिमा एक वर्ष कृषि पेशामा संलग्न हुने शर्तनामा गराइने र शर्तनामा पालन नगरेमा तालिम खर्च सम्बन्धित युवाबाट असुल उपर गरिने नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम मन्त्रालयले त्यसको व्यवस्था गर्न लागेको उल्लेख गर्नुभयो । मन्त्री गजुरेलले किसानहरुलाई चार समूहमा वर्गिकरण गरेको भन्दै सबै किसानलाई बर्गिकरण अनुसारकोे सेवा, सुविधा र अनुदान दिने व्यवस्था गरिने धारणा राख्नुभयो ।
तपाइँको प्रतिक्रिया